केही मन्त्रीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्रीहरुको शपथ ग्रहणपछि मन्त्रिपरिषद्को कार्यविभाजन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा नौ सदस्य नयाँ थप गर्नुभएको छ भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । पार्टीभित्रको विवादका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालय र अन्य मन्त्रालयमा सोही पार्टीका तर्फबाट नयाँ नियुक्ति तथा हेरफेर भएको हो ।

थप भएका नयाँ मन्त्रीमा सिंचाइ, ऊर्जा तथा जलस्रोतमा टोपबहादुर रायमाझी, शहरी विकासमा प्रभु साह, खानेपानीमा मणि थापा, वन तथा वातावरणमा प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिलामा गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा गौरीशङ्कर चौधरी, युवा तथा खेलकूदमा दावा लामा र उद्योग राज्यमन्त्रीमा विमला विश्वकर्मा रहनुभएको छ ।

नयाँ जिम्मेवारी पाएका मन्त्रीमा स्वास्थ्य तथा जनसङ्ख्यामा हृदयेश त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रविधिमा कृष्णगोपाल श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा भानुभक्त ढकाल, कृषि तथा पशुपक्षीमा पद्माकुमारी अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमा डा शिवमाया तुम्बाहाङ्फे र न्याय, कानून तथा संसदीय मामिलामा लीलानाथ श्रेष्ठ रहनुभएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शपथ ग्रहणपछि नयाँ मन्त्रीहरुसहितको मन्त्रिपरिषद्को बैठक आजै साँझ बस्नेछ ।

आज मिति २०७७ साल पुस १० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ।

 कार्यविभाजन

१.  केपी शर्मा ओली प्रधानमन्त्री रक्षा
२. ईश्‍वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. रामबहादुर थापा मन्त्री गृह
४.  टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई
५.  विष्णुप्रसाद पौडेल मन्त्री अर्थ
६.  प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र
७.  हृदयेश त्रिपाठी मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
८.  लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
९.  कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
१०.  प्रभु साह मन्त्री सहरी विकास
११.  भानुभक्त ढकाल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१२.  मणिचन्द्र थापा मन्त्री खानेपानी
१३.  पद्माकुमारी अर्याल मन्त्री कृषि तथा पशुपन्छी विकास
१४.  वसन्तकुमार नेम्वाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात
१५. गौरीशंकर चौधरी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६.  पार्वत गुरुङ मन्त्री सञ्‍चार तथा सूचना प्रविधि
१७. डा. शिवमाया तुम्बाहाङफे मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१८.  लिलानाथ श्रेष्ठ मन्त्री कानून, न्याय तथा संसदीय मामिला
१८.  गणेशसिंह ठगुन्ना मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
२०.  प्रेमबहादुर आले मन्त्री वन तथा वातावरण
२१.  जुलीकुमारी महतो मन्त्री महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक
२२.  दावा लामा तामाङ मन्त्री युवा तथा खेलकुद
२३.  नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
२४.  रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास
२५.  विमला वि.क. राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्