पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण, २९ जना सङ्क्रमितको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ९३१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १४ हजार ५२१ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९१.५ प्रतिशतमा उक्लेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५०८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ५३५ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्