धाँधली भएको भन्दै ट्रम्पका हजारौं समर्थकद्वारा वासिङ्टन डिसीमा प्रदर्शन

वासिङ्टन डिसी– अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका हजारौं समर्थकले गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै वासिङ्टन डिसीमा प्रदर्शन गरेका छन् ।

अमेरिकाको राष्ट्रपति निर्वाचन निष्पक्ष र धाधँलीरहीत भएको पर्यवेक्षकहरुका साथै त्यहाँको निर्वाचन आयोगले समेत स्पष्ट पारिसकेको छ । राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका जो बाइडनले विजय हासिल गर्नुभयो । शुक्रबार जर्जियामा समेत विजयी हुनुभएका बाइडनले सन् १९९२ पछि डेमोक्र्याटिक पार्टीका तर्फबाट सो राज्यमा जीत हासिल गरी इतिहास रच्नुभएको छ ।

बाइडन ३ सय ६ इलेक्टोरल मतसहित राष्ट्रपतिमा निर्वाचित भइसक्नु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले २ सय ३२ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलेक्टोरल मत मध्ये २ सय ७० इलेक्टोरल मत ल्याउनु पर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्