कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी दशैँको दिन कोरियामा एकको मृत्यु

सांकेतिक तस्बिर

परदेशमा दशैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए । उनी इपिएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो ।

उनका सहकर्मी तिलक पुनका अनुसार सोमबार बिहान १० बजेतिर कम्पनीमा काम गर्ने क्रममा कोरियाली कामदारले चलाएको छिगेछा (सामान बोक्ने गाडी)ले च्यापेर उनको मृत्यु भएको हो । मृतक राई ख्यङ्सान नाम्दो, हाप्छनगुन भन्ने ठाउँमा काम गर्थे । छिगेछाले च्यापेपछि उनलाई उपचारका लागि नजिकैको अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

उनको शवलाई हाल नजिकैको अस्पतालमा राखिएको छ । घटनाबारे सउलस्थित नेपाली दूतावासले अनौपचारिक जानकारी मात्र प्राप्त भएको र आवश्यक प्रक्रिया पूरा गर्ने जानकारी दिएको छ ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्