चितवनमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु

File Photo
File Photo

चितवनमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको मंगलबार दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । यही कातिक ६ गते श्वासप्रश्वासमा समस्या भई उनी अस्पतालको कोभिड आइसियूमा भर्ना भएकी थिइन् ।
उनलाई कातिक ५ गते कोरोना पुष्टि भएको थियो । यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका पौडेलले जानकारी दिए ।
यही कातिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए । उनलाई कातिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषले लामो समयदेखि मुटु र मिर्गौला रोगको उपचार गराइरहेका थिए ।
यस्तै चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना हुनुभएका उहाँको आज बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । उनलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पुरुष मधुमेहको समेत बिरामी थिए । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्