दार्चुलाको महाकाली नगरपालिका कोरोनाको हटस्पट बन्दै, एकै दिन थपिए ५० जना संक्रमित

गणेश सिंह धामी 

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा एकै दिन ५० जना कोरोना संक्रमित थपिएका छन् । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा महाकाली नगरपालिकाका ५० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूसालले जानकारी दिए ।

कार्तिक ५ गते डडेल्धुरा अस्पतालमा ८४ जनाको पीसीआर परीक्षण गर्दा महाकाली नगरपालिका दार्चुलाका ५० जनाको रिपोर्ट पोजेटिभ र ३४ जनाको रिर्पोट नेगेटिभ आएको भूसालले बताए । यो संगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५० पुगेको छ । पछिल्लो समय महाकाली नगरपालिका कोरोनाको हटस्पट बन्दै गएको छ । कोरोना संक्रमणको लहर बढेसँगै स्थानीयहरु थप चिन्तित बनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्