दसैंको टीका ग्रहण गर्नका लागि मापदण्ड सार्वजनिक

काठमाडौं– दसैं, तिहार, छठ लगायतका चाड पर्व नजिकिदै गर्दा सरकारले यो वर्ष चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दसैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले आग्रह गरो छ । टीका तथा प्रसाद वितरण गर्नै परे एउटै घरका व्यक्तिबाहेक अरुसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।

चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए माक्स अनिवार्य लगाउनु पर्ने भएको छ । धार्मिकस्थल तथा मेलापर्वमा २५ जनामात्रै भेला हुन पाउने तथा अभिवादन गर्दा टाढैबाट नमस्कार गर्नु पर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्