पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आफू कोरोना पोजेटिभ भएको जानकारी दिनुभएको छ ।“गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ” मन्त्री भट्टराईले अगाडि लेख्नुभएको छ, ‘हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु ।’

हालसम्म हल्का ज्वरोबाहेक अरु समस्या आफूलाई नदेखिएको उहाँले प्रष्ट पार्नुभएको छ । केह दिन यता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु” उहाँले लेख्नुभएको छ ।

आफ्नो कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी रहेको उहाँले भन्नुभएको छ । “होसियार रहनु र परी आएमा सामना गर्नु बाहेक के नै पो विकल्प छ र ?”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्