सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सोमबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी मंगलबार तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्