कृषि बिमा

गिरिजाप्रसाद मिश्र, दार्चुला
[ कृषि प्राविधिक ]

बिमा ऐन २०४९ को दफा ‘घ’ ले दिएको अनुसार बाली तथा पशुपंछी बिमा निर्देशन २०६९ जारी भइ २०६९ माघ १ गतेबाट बाली तथा पशुपन्छी बिमाको सुरुवात भएको हो । हाल नेपालमा २० ओटा कम्पनीले कृषि बिमा गरिरहेका छन् ।

बिमा गर्दा पहाडमा ८ आना र तराईमा १ कठ्ठा जमीन हुनुपर्छ ।

हाल बिमा सुविधा भएका बाली:

चैते धान
बर्षा धान,
आलु,
च्याउ,
बेसार,
केरा,
उखु,
मौरी,
अलैंची,
अदुवा,
स्याउ,
माछा र तरकारी ।

क्षतिपूर्ति पाउने अवस्था :

आगलागी,
बाढीपहिरो,
डुबान,
असिना,
हिउँ,
तुसारो,
हावाहुरी,
जंगली जनावर,
रोगकिरा ।

क्षतिपूर्ति पाउन पु‍-याउनुपर्ने प्रक्रिया:

१) सक्कली बिमा लेख
२) प्राविधिकको प्रतिबेदन
३)दाबी फाराम
४) मुचुल्का
५)क्षति भएको १५ दिनमा भुक्तानी निकाल्न सक्नुपर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्