सिन्धुपाल्चोकमा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो, २२ अझै बेपत्ता

सिन्धुपाल्चोकमा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
बाह्रबिसे नगरपालिका–७ मा गएराति भारी वर्षासँगै गएको पहिरोमा परि अरु २२ जना अझै बेपत्ता छन् ।
मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेका छन् ।
गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । हालसम्म ११ वटा घरमा क्षति पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्