१२०१ जना कोरोना संक्रमित थपिए, २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु

देशभरका प्रयोगशालामा १०१७६ जनाको पीसीआर परीक्षण गर्दा १२०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

बितेको २४ घण्टामा ८५२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३७५२४ रहेको छ । संक्रमितमध्ये ७० दशमलव ६ प्रतिशत निको भएका छन् ।

२४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु

पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना महिला र ११ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा एक, पर्सामा एक, काठमाडौंमा तीन, भक्तपुरमा दुई, चितवनमा एक, तनहुँमा एक, स्याङ्जा, गोरखा र कास्कीमा एक–एक तथा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Nepal Television

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्