बाढीमा बेपत्ता भएका तीनै जनाको शब फेला

File Photo

कैलाली- कैलालीमा अबिरल वर्षाका कारण आएको बाढीमा बेपत्ता भएका तीनै जनाको शब प्रहरीले फेला पारेको छ । मंगलबार र बुधबार आएको अबिरल वर्षाका कारण आएको बाढीले बेपत्ता भएका ३ जनाको शव प्रहरीले फेला पारेको हो ।

बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने वर्ष ४० का ईश्वर शाहा र वर्ष ३३ का चक्रबहादुर बिकको शब शुक्रबार फेला परेको हो भने ९ वर्षका स्केल चौधरीको शव बिहिबार बेलुका फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शाहा र बिकको शव बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला पारेको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्