सुदूरपश्चिममा शुक्रबार थप ६२ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

काठमाडाैँ – सुदूरपश्चिमा शुक्रबार थप ६२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ६२ जनामा कोरोना पुष्टि भएको बताए ।
जसमा कञ्चनपुरका १८ जना, दार्चुलाका १६ जना, कैलालीका १५ जना, बतडीका १० जना र डाटीका ३ जना गरि ६२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी शुक्रबार देशभरी दुई सय २४ जनामा कोरोना पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्