जब डा. बाबुराम भट्टराईले आफ्नै पार्टीको नाम विर्सिए…..

काठमाडौँ – जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आफ्नै पार्टीको नाम विर्सिएका छन् ।

बिहिबार कोरोना कहरबाट गुज्रिरहेको प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)ले भिड जम्मा पार्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । अग्रपंक्तिमा बसेकाले मास्कको प्रयोग गरे पनि बीचमा र पछाडि बसेका धेरैले मास्कको प्रयोग गरेका थिएनन् । त्यही कार्यक्रम पश्चात पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले जसपालाई राजपा भनेर लेखेका छन् ।

पछिल्लो समयमा समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर जनता समाजवादी पार्टी बनेको छ । तर, पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले कार्यक्रम सकिएपछि पार्टी प्रवेशको सह्राना गरेका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘सिरहामा मुख्यतः नेकपा र नेका, राप्रपा त्याग गरी ३०० बढी नेता÷कार्यकर्ता राजपामा प्रवेश !’ उनले स्टाटस लेख्ने बेलामा आफ्नो पाार्टीको नामसमेत बिर्सेर राजपा लेखेका छन् ।

त्यसपछि उनले राजपा लेखेको सच्याउँदै सजपा प्रवेश भनेर लेखेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्