पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु

FILE PHOTO

काठमाडौँ – मंगलबार राति पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको हो ।

नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले जानकारी दिए ।

अध्यक्ष बिष्टका अनुसार पहिरोमा २ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतकहरुको पहिचान खुलेको छैन ।

घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा परिचालन गरिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्