मेगा बैंकको आकर्षक कर्जा योजना, २ दिनमै हुन्छ स्वीकृत

काठमाडौं – मेगा बैंकले ग्राहकलाई लक्षित गर्दै साना तथा मझौला(एसएमई) कर्जा योजना ल्याएको छ ।

बैंकले दशौं वार्षिकोत्सवको अवसरमा ८.३२ प्रतिशत ब्याजदरमै कर्जा दिने गरी नयाँ योजना ल्याएको हो । अब साना तथा मझौला व्यवसायीहरुले एक करोडसम्मको कर्जा लिँदा ८.३२ ब्जाजदरमै कर्जा पाउनेछन् । यो ब्याजदर एक बर्षसम्म नबढ्ने बैंकले जनाएको छ । आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने ब्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । मेगाका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्