आजकाे राशिफल : साउन १३ गते मंगलबार कुन राशिका लागि कति फलदायी

वि.सं.२०७७ साल साउन १३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– अष्टमी,०३ घडी २९ पला,बिहान ०६ बजेर ४९ मिनेट उप्रान्त नवमी । नक्षत्र–स्वाती,१७ घडी ०४ पला,दिउसो १२ बजेर १५ मिनेट उप्रान्त विशाखा । योग– शुभ,३९ घडी २९ पला,बेलुकी ०९ बजेर १३ मिनेट उप्रान्त शुक्ल । करण–बव,बिहान ०६ बजेर ४९ मिनेट उप्रान्त बालव,बेलुकी ०५ बजेर ३७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–तुला ।

काठमाडौंमा सूर्योदय ०५ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३३ घडी ४० पला । भौमाष्टमी। अष्टमी व्रत। गोरखकाली पूजा। यलपञ्च दान।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला हतार गरी प्रयोग गर्नाले अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । जीवन साथिसँगको असमज्दारिले दैनिक कामहरु प्रभावित हुनेछन् । माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता हुनेछ ध्यान दिनुहोला । व्यापार व्यावसायमा रुपैया पैसाको व्यावस्थापन गर्न नसक्दा घाटा लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपार्ईँको काममा आर्थिक सहयोग हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउँन सकिनेछ । आकश्मिक धन तथा सम्पती हात लागि हुने योग रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लनी सकिनेछ भने शेयर बजारमा गरीएको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँने समय रहेकोछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुँदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ । कृषि शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरी मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसायमा मन्दी आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शाहशिलो कामगर्ने जोसजागर आउँनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी विच मायाको गाठो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापन सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आम्दानीका बाटाहरु एक्कासि बन्द हुदा दैनिक रुपमा चलिरहेका कामहरु प्रभावित हुनेछन् । बिवादित विषयहरुको उठान नगनुहोला आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरेपनि नाँफा कमाउन केहि समय कुर्नु पर्नेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण विवाद हुने योग रहेकोछ । चाहेका बस्तुहरु समयमा उपलब्ध नहुँदा मन खिन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ शैलि प्रयोग गरेर गरीने व्यापार व्यावसाय अथवा कुनै कामहरुबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालीएका कामहरु स्वत स्फुर्त तथा सिष्टममा जाने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । पैत्रिक धन सम्पतिको प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुनेहुँदा पढाइ लेखाइमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्तविच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ, सचेत रहनुहोला ।

राशिफलमा जे जस्तो भनिएतापनि आफ्नो कर्ममा विश्वास गर्नुहोला, आज तपाईँ दिन शुभ रहोस् ।
रातोपाटीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्