कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक “ए” ग्रेडमा

सुशील सुवेदी, सिन्धुपाल्चोक
गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक ए ग्रेडमा परेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ए मा पर्न सफल भएको हो ।

गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबिच आर्थिक वर्ष २०७६/७७ मा कार्यसम्पादन मुल्यांकन सम्झौता भएको थियो । ६ मुख्य क्षेत्रलाई आधार मानेर एक सय भन्दा बढी विषय मापनबाट हुने यो मूल्यांकनमा सिन्धुपाल्चोक उत्कृष्ट भित्र पर्न सफल भएको हो । अघिल्लो वर्षको मूल्यांकनमा सिन्धुपाल्चोक अन्तिममा परेको थियो ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुसासन र सेवा प्रवाह, सामुहिक सुधारको वातावरण, विपद व्यवस्थापन, समन्वय र सहजीकरण र सदाचार र आचरणका क्षेत्रमा भएका कार्यसम्पादन मूल्यांकन गरि ग्रेड छुट्टाइन्छ ।
जिल्लामा सबैको साथ सहयोगका कारण गत वर्ष कार्यसम्पादनमा अन्तिम नम्बरमा परेको जिल्लालाई यो वर्ष ए मा ल्याउन सकिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्