सुदूरपश्चिममा बिहिबार थप ४१ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

सुदूरपश्चिमा बिहिबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ४१ जनामा कोरोना पुष्टि भएको बताए ।
जसमा कैलाली र कञ्चनपुरका १४/१४ जना, डडेल्धुराका ८ जना, अछामका ४ जना र बझाङका १ जना गरी ४१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी बिहिबार देशभर १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै बिहिबार २ सय १३ जनाले कोरोना जितेका छन । मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट २ सय १३ जनाले कारोना जितेको बताए । यस्तै अहिलेसम्म निको हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको छ । यो कुल संक्रमितको ६४ दशमलव ८५ प्रतिशत हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्