पोखरामा बाढीको बितण्डा, ४ जनाको मृत्यु

अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार पोखरा–१८ सराङकोट गोठादीमा राति २ बजेतिर पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । उक्त घरमा परिवार सदस्यको जन्मदिन परेकाले आफन्त र इष्टमित्रलाइ पनि निमन्त्रणा गरिएकाे थियाे । पहिरोमा परेर अन्य ६ जना घाइते भएको र उनीहरूलाई मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसै गरी पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हेमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्