सुदूरपश्चिम प्रदेशले नक्कली विवरण दिंदै आएको पुष्टि

सुदूरपश्चिम प्रदेशले नक्कली विवरण दिंदै आएको पुष्टि भएको हो । । प्रदेशको सामाजिक विकास मन्त्रालयले पठाउँदै आएको तथ्याङ्कमा असार १३ गतेसम्म सुदूरपश्चिम प्रदेशमा १४ शैयाको आईसीयू कक्ष र १० वटा भेन्टिलेटर उपलब्ध रहेको उल्लेख गर्दै आयरहेको थियो ।
महाकाली अस्पतालमा दुई वटा भेन्टिलेटर उपलव्ध रहेको भन्दै एक महिनासम्म जानकारी दिंदै आएको मन्त्रालयले असार १४ मा भने एउटा पनि भेन्टिलेटर उपलब्ध नभएको तथ्याङ्क पठाएको थियो ।
१४ असारदेखि नयाँ तथ्याङ्क सार्वजनिक भएसँगै महाकालीमा चार शैयाको आईसीयू र दुई वटा भेन्टिलेटर रहेको भन्नेबारे सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयले नक्कली विवरण दिंदै आएको पुष्टि भएको हो ।
सुदूरपश्चिममा कोरोना देखिएदेखि नै प्रत्येक दिन नक्कली विवरण दिदै आएको प्रदेश सरकार र मन्त्रालयकै चरम लापरवाहीका कारण बुधबार एक बालकको ज्यान गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का १४ वर्षीय पर्वत गिरीलाई बुधबार बिहान सर्पले टोकेपछि महाकाली अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँ भेन्टिलेटर नभएकै कारण उनको ज्यान गएको आफन्तहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्