गण्डकी प्रदेशमा आज (विहिवार) थप ८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा विहिवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै विहिवार विहान ८ बजेसम्मको अध्यावधिक विवरण उल्लेख गरेको छ ।
जसमा प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनुहँको ऋषिङका ३ पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिकाका १ पुरुष, स्याङजाको कालिगण्डकीका १ पुरुष, वालिङका १ पुरुषमा कोराना पुष्टि भएको छ । यसैगरी पर्वतको कुश्माका १ पुरुष र फलेबासका १ पुरुष गरि जम्मा ८ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या १ हजार १४ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्