नेपाल भित्रिएका सलहका बथान सोमबारबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान

नेपाल भित्रिएका सलहका बथान सोमबारबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको छ । हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै सलह किराहरु पश्चिमतिर सर्दै जाने अनुमान गरिएको हो ।सोमबारबाट अझ आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने देखिएको छ । पूर्वबाट पश्चिम हावा बग्न थालेपछि सलह पनि हावासँगै उड्ने किरा भएकाले सलहको यात्रा पनि पश्चिमतिर हुने सम्भावना बढी छ ।’

केही दिनयता दक्षिणतिरबाट हावा बगेको छ । त्यसैले भारतको उत्तर प्रदेशका जिल्लातिरबाट सलह नेपालसम्म आइपुगेको अनुमान छ ।उष्ण वातावरण मन पराउने सलह किरा मनसुन सक्रिय भएको बेला शनिबार नेपालमा भित्रिएको छ । भारत हुँदै तराई मधेशका जिल्लामा प्रवेश गरेका सलह भित्री मधेश हुँदै पहाडी जिल्लाहरुमा समेत फैलिएका छन् । यिनले पु¥याएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन । यी सलहका बथानले बालीनाली खाइदिएर कति क्षति पुर्याउने हुन् एकीनका साथ भन्न सक्ने अवस्था छैन । यद्यपि हावाको दिशा र गतिका आधारमा सलहको यात्रा एकिन गरी सतर्कताका उपाय भने अपनाउन सकिने जानकारहरु बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्