विश्वमा कोरोना : संक्रमितको संख्या १ करोड नाघ्यो, ५ लाख भन्दा बढीको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आइतबार बिहान १ करोड नाघेको छ भने मृतकको संख्या ५ लाख भन्दा बढी पुगेको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २६ लाखको नजिक रहेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म विश्वभरी कोरोना संक्रमितको संख्या १ करोड ८० हजार २ सय २४ रहेको छ भने ५ लाख १ हजार २ सय ६२ जनाको मृत्यु भइसकेको छ ।

यद्यपि, ५४ लाख ५७ हजार ९ सय ४५ संक्रमित निकोसमेत भइसकेका छन् । संसारभरी अमेरिकामा सर्वाधिक २५ लाख ९६ हजार ५ सय ३७ कोरोनाद्वारा संक्रमित छन् । संक्रमितमध्ये १० लाख ८० हजार १ सय ३६ जना निको भइसकेका छन् । साथै, यहाँ हालसम्म १ लाख २८ हजार १ सय ५२ को मृत्यु भइसकेको छ ।

अमेरिकापछि ब्राजिल सर्वाधिक प्रभावित देश हो । यहाँ १३ लाख १५ हजार ९ सय ४१ संक्रमित रहेका छन् भने ५७ हजार १ सय ३ को मृत्यु भएको वर्ल्डोमिटर्सको आँकडाले देखाउँछ । साथै यहाँ ७ लाख १५ हजार ९ सय ५ संक्रमित निको भएर घर फर्किसकेका छन् । त्यस पछि रुस, भारत र बेलायमा बढी प्रभावित देश हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्