प्रदेश १ बाट शुक्रवार ७० जना सङ्क्रमित डिस्चार्ज, ७ जना थपिएसँगै सङ्क्रमितको संख्या ५ सय ३ पुग्याे

प्रदेश १ बाट शुक्रवार ७० जना सङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आईसोलेसन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् । जसमा झापाका २९, सुनसरीका २०, मोरङका १२ जना र ईलामका २ जना रहेका छन यसैगरी उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १÷१ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरु सबै जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका छन् । ७० जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । प्रदेश १ मा आज मोरङमा १, सुनसरीमा २ र झापामा ४ जना गरी जम्मा ७ जना सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा सङ्क्रमितको संख्या ५ सय ३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्