हालसम्म धान रोपाइँ २ लाख ७५ हजार २९ हेक्टरमा, गत बर्षकाे तुलनामा बृद्धि

नेपालमा हालसम्म धान रोपाइँ २ लाख ७५ हजार २९ हेक्टरमा भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार जेठ तेस्रो सातादेखि सुरु भएको धान रोपाइँ अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४१ प्रतिशत बढी हो । मन्त्रालयका अनुसार २०७६ असार १० सम्म ११.६४ प्रतिशत रोपाइँ भएको थियो ।
किसानले समयमै बीउ राख्नु र मनसुन समयमै सक्रिय भएको हुनुले रोपाईँ बढी भएको अनुमान गरिएको छ । यस वर्ष बाँझो जग्गा नराख्ने अभियानले पनि रोपाइँ बढाउने मन्त्रालयको दाबी छ । उच्च पहाड, मध्यपहाड हुँदै तराईसम्म धान रोपाइँ हुन्छ । तराईमा साउन अन्तिमसम्म रोपाइँ चल्छ ।
असार १० सम्म रोपाइँ २६.०७ प्रतिशत भएको मन्त्रालयको तथ्यांक छ । अघिल्लो वर्ष सोही अवधिमा २४.९४ प्रतिशत थियो । मध्यपहाडमा रोपाइँ २०.०७ प्रतिशत भएको छ । ०७६ असार १० सम्म १६.९१ प्रतिशत मात्रै रोपाइँ भएको थियो । तराईमा भने १९.७५ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ९.११ प्रतिशत मात्रै रोपाइँ भएको थियो । अहिलेसम्म औसत रोपाइँ ११.६४ बाट बढेर २०.०५ प्रतिशत पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्