गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

सांकेतिक तस्बिर

तम्घास – गुल्मीमा होम क्वारेन्टाइनमा बिहीबार राति मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
जेठ २५ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय, गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएको हो । पहिलेदेखि नै प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ गते भारतबाट उपचार गराई आएकाले उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।
परिवारको सहमति अनुसार शवलाई नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार बिहान नै व्यवस्थापन गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । गुल्मीमा योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्