सेयर कारोबार असार ४ गते सम्म बन्द

काठमाडौँ – सरकारले सोमबारदेखि बन्दाबन्दी खुकुलो गर्दै सबै सरकारी कार्यालयलाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरे पनि नेपाल स्टक एक्सचेन्जले भने असार ४ गतेसम्म धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय गरेको छ । नेप्सेले धितोपत्र बोर्डको निर्देशनअनुसार कारोबार स्थगन गर्ने कार्यलाई निरन्तरता दिएको उपप्रबन्धक प्रवीण पन्दाकले स्पष्ट पारे ।

धितोपत्र बोर्डले भने धितोपत्रका बजारको दोस्रो कारोबार के–कसरी सुरक्षित रूपमा सञ्चालन गर्न सकिने व्यवस्था गर्न सकिन्छ भनी नेप्सेसँग सुझाव मागिएको जनाएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने आगामी साताबाट कारोबार गर्ने गरी तयारी गर्न नेप्सेलाई निर्देशन दिइएको छ ।

गत चैत ११ गते बन्दाबन्दी सुरु भएसँगै बन्द भएको कारोबार दुई महिनापछि दुई दिन खुला गर्दा अप्रत्याशित रूपका कारोबार घटेको र कारोबारी भोलुम अत्यन्तै न्यून भएका कारण बन्द गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्