सुदूरपश्चिम प्रदेशमा एकै दिन थप ६४ जनामा कोरोनाभाइरसको संक्रमण

कैलाली – सुदूरपश्चिम प्रदेशमा एकै दिन ६४ जनामा कोभिड–१९ का संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या २ सय २४ पुगेको छ । शनिबार सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यसअघि नै २६ जना संक्रमित निको भइ घर गइसकेका छन भने २ जना संक्रमितको मृत्यु भइसकेको छ ।

पुष्टि भएका मध्ये बझाङ्ग बित्थडचिर गाउँपालिका बस्ने वर्ष–२९ का १ जना महिला, वर्ष ८ का १ जना बालक, केदारस्यु गाउपालिका बस्ने वर्ष १८ र २४ का २ जना पुरुष, खप्तड छन्ना गाउपालिका बस्ने वर्ष ३२ का १ जना महिला रहेका छन् ।

त्यस्तै, डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका बस्ने वर्ष ३२ का १ जना महिला, नवदुर्गा गाउँपालिका बस्ने वर्ष २७ का १ जना महिला र वर्ष १९ देखि ४० सम्मका २२ जना पुरुष रहेका छन् ।

त्यसैगरी, डोटी जोरायल गाउँपालिका बस्ने वर्ष २६ का १ जना महिला र वर्ष ४२ का १ जना पुरुष रहेका छन् । सायल गाउँपालिका बस्ने वर्ष ६० का १ जना पुरुष , कैलालीको चुरे गाउपालिका बस्ने वर्ष १८ देखि २६ का का ५ जना पुरुष छन् ।

धनगढी उपमहानगरपालिका बस्ने वर्ष ४४ र ४५ का २ जना पुरुष, गोदावरी नगरपालिका बस्ने वर्ष १९ का १ जना महिला र वर्ष २५ को १ जना पुरष, लम्की चुहा नगरपालिका बस्ने वर्ष ३४ का १ जना पुरुष र टिकापुर नगरपालिका बस्ने वर्ष २० का १ जना पुरुष रहेका छन् ।

कञ्चनपुर को पुनर्बास बस्ने वर्ष २५ र ३८ का २ जना पुरुष, लालझाडी गाउँपालिका बस्ने वर्ष १९, २२ का २ जना महिला र वर्ष १३ देखि ३४ वर्ष का १३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

सामाजिक विकास मन्त्रालय अन्र्तगत सवास्थ्य निर्देशनालय डोटी ले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो । प्रदेशमा हाल सम्म हाल सम्म १०५६४ जनाको स्वाब नमुना संकलन गरिएको र ८६७८ जनाको जाँच गरिएको मध्ये ८४२६ मा नगेटिभ रिपोट आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए । १८३६ जनाको रिपोट आउन बाँकी छ भने पोजिटिभ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्