बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३० जना डिस्चार्ज

विराटनगर – बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ३० जना कोरोना भाइरस संक्रमण निको भएर घर फर्किएका छन् । आजै प्रदेश १ मा ८ जना संक्रमित थपिएका छन् ।

१८ देखि ४५ वर्ष उमेर समुहका ३० जना डिस्चार्ज भएको प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार अब अस्पतालमा ३२ जना उपचारत छन् । यो सँगै धरानबाट डिस्चार्ज हुनेको संख्या ९२ पुगको छ ।
प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १५५ पुगेको छ ।

बिहीबार नै झापा, सुनसरी र उदयपुरमा एकमहिलासहित आठजनामा कोरोना संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३०४ रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्