सरिता गिरीको घरमा कालो झण्डा राख्नेलाई कारवाही गर्न जसपाको माग (विज्ञप्ति सहित)

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीको घरमा उछृङ्खल गतिविधि गर्नेहरुलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।
बिहिबार प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेको हो । विज्ञप्तिमा भनिएको छ । ‘सरिता गिरीको घरमा केहि उछृङ्खल तत्वहरुले ढुङ्गा हान्ने, गाली गलौच गर्ने र उनको घर अगाडी कालो झण्डा गाड्ने लगायतका अशोभनीय तथा समाज नियम र मर्यादा विपरित कार्य गरेको हुँदा उक्त कार्यको जनता समाजवादी पार्टी घोर निन्दा र भत्र्सना गर्दछ ।’ साथै विज्ञप्तिमा निन्दनीय र उदण्ड कार्य गर्नेहरुमाथि अविलम्ब कारवाहीको पनि माग गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्