लडाउनको मोडालिटी परिर्वतनः व्यापार व्यवसाय गर्न खुकुलो गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ देखि जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीले भने, लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ ।’

उनकाअनुसार काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे भोलि सरकारले विस्तृत जानकारी दिने उनले सुनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्