सरिता गिरीलाई सांसदबाट हटाउन युवा संघले दियो एक हप्ताको अल्टिमेटम

काठमाडौँ – संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित दिएको अभिव्यक्ति प्रति राष्ट्रिय युवा संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले गिरीलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई माग गरेको छ । त्यसै गरी यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौँ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहान्छौँ ।’

नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय सरिता गिरिलाई संघले स्मरण गराएको छ । संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ तथा सहसंयोजक रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदको सदस्य निर्वाचित भइ कार्यकाल संहाल्नु अघिी संविधानको संरक्षण र पालना गर्ने शफत खाएको साँसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्