रानीपोखरी पुननिर्माणको काम अन्तिम चरणमा

काठमाडौं – काठमाडौंको रानीपोखरीको पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण अन्तर्गत पोखरीको तलाउमा माटो र इँटा बिच्छ्याउने काम भएको छ ।

पोखरीको चारैतिर पर्खाल लगाउने काम भैरहेको छ । सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएसंगै पुन निर्माणको कामले गति लिएको हो ।

रानीपोखरीसंगै बालगोपालेश्वर मन्दिरलगायतका पुरातात्विक संरचनाको पुनर्निर्माणको काम अहिले भैरहेको छ । सवै निकायको र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीबाट नै रानीपोखरी पुनःनिर्माणको काम भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्