‘आगामी वर्ष नेपाली झण्डा फहराएर रेल दगुर्छ’ : यातायात मन्त्री नेम्वाङ (भिडियो सहित)

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङले अर्को वर्षदेखि जनकपुर जयनगर रेल चल्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले दुईवटा रेल खरिद प्रक्रिया अघि बढिसकेको बताए । ‘नेपालको झण्डा फहराएर आगामी वर्ष जनकपुर जयनगरका चल्ने कुरा जानकारी गराउन चाहन्छु’ उनले भने ।

उनले चालु आर्थिक वर्षमा रहेका योजनाहरुलाई निरन्तरता दिइएको तर, केहीबाहेक नयाँ योजना समेट्न नसकिएको बताए । ८० वटा राजमार्गलाई निरन्तरता दिँदै पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउन बजेट छुट्याइएको मन्त्री नेम्वाङले बताए । बजेटले भौगोलिक सन्तुलन कायम गर्ने परम्पराको थालनी गरेको पनि उनले दावी गरे । खासगरी प्रत्येक निर्वाचन क्षेत्रमा १० करोड बराबरको खरिद प्रक्रिया अगाडि बढाउने र रणनीतिक सडकमा बजेट विनियोजन गरिएको उनले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्