अन्त्येष्टि भएको केहि बेरपछि कोरोना रिपोर्ट पोजेटिभ, मलामीहरुको खोजी, गाउँमा त्रास

सांकेतिक तस्बिर

काठमाडौँ – शुक्रबार सेती प्रादेशिक अस्पतालमा डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

धनगढी उप–महानगरपालिका–४ की महिलाको कोरोना परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । उनलाई शुक्रबार बिहान सेती अस्पतालको डायलासिस सेन्टरमा लगिएको थियो । डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरिएकी उनको केहीबेरमा नै मृत्यु भएको थियो ।

ती महिलाको मृत्युपछि स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । तर, आरडीटी रिपोर्ट नेगेटिभ आएको भन्दै अस्पतालले मृतकको शव परिवारका सदस्यलाई बुझाएको थियो । अन्त्येष्टि गरेको एक घण्टापछि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो, ’परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न समन्वय भइरहेको छ ।’ धनगढी उप–महानगर–४ का वडाध्यक्ष दीपक थापाले भने ।
कोरोना संक्रमित महिलाको अन्त्येष्टिमा २० जनाभन्दा बढी मलामी गएका थिए । मलामी जानेहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । केही प्रहरीको सम्पर्कमा आइसकेका छन् । अहिले मृतक महिलाको टोलमा त्रास फैलिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्