प्रदेश नं. १ मा थपिए १३ जना कोरोना संक्रमित, जम्मा १८५

विराटनगर – प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पाँच जिल्लामा एक महिला र १२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मोरङको रंगेली नगरपालिकामा २ जना पुरुष, झापामा १ जना पुरुष, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ७ जना पुरुष, धनकुटाको सहिदभूमि गाउँपालिकामा १ जना पुरुष र तेह्रथुमको आठराईमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

विराटनगर र धरानको प्रयोगशालमा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार थप १३ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । ती मध्ये ४८ जना उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्