सुदूरपश्चिममा पाँचजना कोरोना संक्रमित थपिए, जम्मा संख्या ७८

कैलाली – सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र डोटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो ।

नयाँ थपिएका मध्ये २० र २५ वर्षीय युवक कैलालीको गौरीगंगाका हुन् भने ५१ वर्षीय पुरुष धनगढी उपमहानगरपालिका–५ का हुन् ।
यस्तै डोटीको पूर्वीचौकी–४ का २२ वर्षीय युवक र वडानम्बर ७ का २५ वर्षीय युवक पनि कोरोना पुष्टि भएको छ । नयाँ थपिएका ५ जनासँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्