बैतडीका पहिलो कोरोना संक्रमित डिस्चार्ज

बैतडी – बैतडीका पहिलो संक्रमित कोरोनामुक्त भएका छन् । प्रहरी हिरासतमै कोरोना संक्रमण पुष्टि भएका शिवनाथ गाउँपालिकाका–२ का २२ वर्षीय युवक कोरोनामुक्त भएका हुन् ।

यही जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्पतालमा उपचारत उनी कोरोनामुक्त भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपश्चात दुई पटक गरिएको पीसीआरमा रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

मंगलबार र बुधबार कैलालीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । विगत १२ दिनदेखि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचारत युवकले कोरोना जितेपछि आजै डिस्चार्ज गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्