काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं – काठमाडौंको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्