बाजुरामा २ बर्षिया बालिकाको कोरनाका कारण मृत्य, आमा समेत संक्रमित

देबराज पाध्याय

बाजुरा – बाजुरा को जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको वालिका कोरना बाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएको २ बर्षिया बालिकाको आईतबार बिहान मृत्युभएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरी पठाएको थियो । आईतबार दिउँसो आएको रिपोर्ट अनुसार उनको कोरोनाका कारणरणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निदेर्शनालयले जनाएको छ । मृतक वालिकाको २३ बर्षिया आमा लाई समेत कोरनाको पुस्टी भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आईसोलेसनमा राखिएकी छन् । तर वालिकाको बाबुको भन रिपोेर्ट नेगेटीभ आएको छ । मृतक वालिकाका आमा र बुवालाई यहि जेष्ठ १५ गते बाट आईसोलेसनमा राखिएका थियो । ३ नै जनाको स्वाब धनगढी पठाईएको थियो ।

बुढीगंगा नगरपालिका १ धुरालसैन मा.बिमा रहेको आइसोलेसनमा वालिकाको अबस्था जटिल भएपछी सदरमुकाम मार्तडीको आईसोलेसनमा जेष्ठ १५ गतेको सांझबाट राखिएको थियो । २ बर्षका उक्त बच्चामा पखाला, ज्वरो आउनाको साथै स्वासप्रस्वास को समस्या बाट ग्रसीत रहेका थिए बच्चाको उपचार गरीराखेका थियौँ तर अबस्था निकैनै गभिर रहेको थियो । उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ८ दिन अगाडी उनका परिवार भारत बाट आएर बुढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । बच्चालाई बिरामी भएपछी बिहिबार मात्र मार्तडीमा रहेको आईसोलेसनमा ल्याइको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्