आदर मल्टि इन्भेष्टमेन्ट कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला

काठमाडौं – आदर मल्टि इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम शेयरधनीहरूका लागि ४० प्रतिशत हकप्रद शेयर जारी गरेको जनाएको छ । कम्पनीद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार प्रत्येक २ दशमलव ५ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर खरिद गर्न पाइनेछ । प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गरिएको आदर मल्टि इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष दिपक सापकोटाले जानकारी दिनुभएकोछ ।

हकप्रद शेयरमा आवेदन दिने अवधि २०८३ वैशाख २७ गतेदेखि २०८३ जेठ ३० गतेसम्म तोकिएको छ । तोकिएको अवधिभित्र सम्बन्धित शेयरधनीहरूले आवेदन गरी शेयर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको नवौं वार्षिक साधारणसभाबाट पारित निर्णयअनुसार हकप्रद शेयर निष्काशन गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-२, लाजिम्पाटमा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको सूचनामा हकप्रद शेयर बराबरको रकम सम्बन्धित शेयरधनीको नामबाट सानिमा बैंक लिमिटेडको नयाँ सडक शाखास्थित कम्पनीको खातामा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन अनुरोध गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्