भ्रामक समाचार सम्प्रेषण गर्ने ७० अनलाईन सञ्चारमाध्यम ब्लक, १३६ सँग स्पष्टिकरण सोधियो (नामावली सहित)

काठमाडौं – प्रेस काउन्सिल नेपालले नेपाल भित्र प्रकाशन र प्रसारण गर्न नसक्ने गरि ७० वटा अनलाइन सञ्चारमाध्यमहरुलाई ब्लक गरेको छ ।
काउन्सिलिले २०७६ चैत १० गते देखि २०७७ जेठ ८ गते सम्म विभिन्न भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै ७० वटा अनलाइन सञ्चारमाध्यमहरुलाई ब्लक गरेको जनाएको छ । यस्तै काउन्सिलले तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने १ सय ३६ अनलाइनहरुलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।

प्रेस काउन्सिलले दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुलाई भने स्पष्टीकरणमात्रै सोधेको छ ।

नेपालको कानुनी प्रक्रिया पुरा नगरी अनाधिकृत हिसावले संचालनमा रहेका केही अनलाइन पोर्टललाई काउन्सिलको सिफारिसमा नेपाल दुर सञ्चार प्रधिकरणले नेपालमा नखुल्ने गरि बन्द गरेको हो । यसरी बन्द गरिएका अनलाइन पोर्टलहरु केही विदेशबाट संचालित थिए भने केहि नेपालबाट चलाइएका थिए ।

 

बन्द गरिएका अनलाइन सञ्चारमाध्यम

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्