बैतडीका थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ – शनिबार बैतडीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक प्रयोगशाला धनगढीमा परीक्षण गरिएका बैतडी शिवना गाउँपालिकाका ४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित हरु २० वर्षका २ जना, २२ वर्षका १ जना र २७ वर्षका एक जना पुरुष हुन् । यो सँगै बैतडीमा कोरोना संक्रमितको संख्या ५ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित ४ जना सेती प्रादेशिक अस्पतालमा रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्