बाँकेमा २१ जनाले कोरोना जिते, अस्पतालबाट डिस्चार्ज

बाँके – बाँकेमा २१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत नौ महिला र १२ पुरुष शुक्रबार डिस्चार्ज भएका हुन् ।

उनीहरु दुई हप्ता पहिलेदेखि अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । अब उक्त अस्पतालमा ६ जना मात्र कोरोना संक्रमित उपचार गराइ गराइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्