सिन्धुपाल्चोकको बाह्रबिसेमा स्वाब संकलन सुरु

सुशील सुवेदी
सिन्धुपाल्चोक – कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरीको गाउँमा कन्ट्याक्ट् ट्रेसिङ गरी स्वाब संकलन सुरु गरिएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षिय सुत्केरी महिलाको कोरोनाबाट मृत्यु भएपछि थप संक्रमरण फैलिन नदिनका लागि बागमती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलाल सहितको विज्ञ संलग्न सहितको टोली आज बाह्रविसे पुगेर स्वाब संकलन सुरु गरेको हो ।

निधन भएकी महिलाको गाउँमा कन्ट्राक्टट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्न स्वाब संकलनको लागि चौतारा अस्पतालका डाक्टर निश्चल बोगटीसहितको टोली त्यसतर्फ गएको थियो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, स्थानीय तहका प्रतिनिधि र स्वास्थ्यकर्मीबीच भएको छलफलमा स्वाब संकलन मृतकको गाउँबाटै सुरु गर्ने सहमति भएपछि स्वाब संकलन सुरु गरिएको हो ।

पहिलो चरणमा महिलासँग प्रत्यक्ष भेटेका छिमेकी र आफन्तको पहिचान गरी स्वाब संकलनको काम भइरहेको छ । दिन प्रतिदिन बढिरहेको कोरना भाईरसको रोकथाम नियन्त्रण र थप संक्रमण फैलिन नदिनको लागि बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको विज्ञ संलग्न र्यापिड रेस्पोन्स टोलीको अझै प्रभावकारी सक्रियताले कोरोनाबाट हुने जोखिमलाई कम गर्न सकिने मन्त्रालयको स्वास्थ्य टोलीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्