कोरोना संक्रमितको मृत्युले दुःखी छुः प्रधानमन्त्री

काठमाडौं – कोरोना संक्रमणबाट एक जना महिलाले ज्यान गुमाएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

कसैले ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासकै बाबजुद पनि एक जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्रीले दुःख व्यक्त गरेका हुन् ।

बिहीबार कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । यो कोरोनाबाट नेपालभित्र भएको पहिलो मृत्यु हो । घटनालगत्तै एक ट्विट गर्दै प्रधानमन्त्री ओलीले त्यसप्रति दुःख व्यक्त गरेका हुन् ।

‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाल्ञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ,’ प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन् ।

ओलीले दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्