प्रदेश नं. २ का सबै जिल्लामा फैलियो कोरोना

काठमाडौं – शुक्रबार सिरहामा कोरोना भाइरसको संक्रमण फैलिएसँगै प्रदेश नम्बर २ का सबै जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ । सिरहामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश नम्बर २ का ८ जिल्लामै कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै प्रदेश नम्बर २ का जिल्लाहरु पर्सामा ९१, सर्लाहीमा २, सप्तरीमा १, धनुषामा ४, बारामा ३, रौतहटमा ३ र महोत्तरीमा २ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । शनिबार ९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७६ जना पुगेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्