सेनाले ल्याएको स्वास्थ्य सामाग्री खासा आइपुग्यो

सुशील सुवेदी
सिन्धुपाल्चोक – नेपाली सेनाले किनेको अति आवश्यक स्वास्थ्य सामग्री खासा आइपुगेको छ । आज ती सामग्री खासाबाट तातोपानी नाका हुँदै नेपाल भित्रने तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए ।

सेनाका १० कन्टेनर सामान नेपाल भित्रनेछन् भने भोलिसम्म काठमाडौं पठाइने तयारी भएको प्रमुख खत्रीले बताए । सरकारको निर्देशन अनुसार सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक ६७ थरीका स्वास्थ्य सामग्री खरिद गरेको थियो ।

त्यसको लागि २ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सेनाले मन्त्रिपरिषदको चैत १६ को निर्णयअनुसार चीनको सरकारी कम्पनी साइनो फर्म इन्टरनेसनल कर्पोरेसनबाट जीटुजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री ल्याउन वैशाख ७ मा सम्झौता गरेको थियो । सेनाले करिब ३ सय ४३ टन स्वास्थ्य सामग्री ल्याउन लागेको हो । केही सामान विमान मार्फत ल्याइने भनेतापनि त्यो प्रक्रिया नपुगेका कारण गन्जाउ विमानस्थलमा नै रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्